Logo

दशैं पछिको पहिलो दिनमै नेप्सेमा दोहोरो अंकको गिरावट, कारोवार रकम पनि खुम्चियो

दशैं पछिको पहिलो दिनमै नेप्सेमा दोहोरो अंकको गिरावट, कारोवार रकम पनि खुम्चियो



काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सेयर बजार नेप्से सूचकसँगै आइतबार कारोबार रकम पनि खुम्चिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

आइतबार सेयर बजार मापक नेप्से सूचक २८.१८ अंकले घटेर १ हजार ८ सय ७५.६५ बिन्दुमा आईपुगेको छ । अघिल्लो हप्ताको बिहीबार सेयर बजार ४.०५ अंकले घटेको थियो । त्यसपछि दशैं बिदा भएको कारण सेयर बजार पनि बन्द थियो ।

यसैगरी, अघिल्लो हप्ताको बिहीबार ९७ करोड रुपैयाँ बराबर कारबोर भएको सेयर बजारमा आइतबार ७४ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरकोमात्र सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

आज २ सय ८३ कम्पनीको २७ लाख १२ हजार १ सय २३ कित्ता सेयर ३४ हजार ९० पटक किनबेच भएको छ । कारोबारमा आएको कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ । २ सय कम्पनीको सेयर मूल्य घटेको छ भने, ७ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज कारोबारमा आएको १३ वटा नै उपसमूहको सेयर मूल्य घटेको छ । आइतबार सबैभन्दा धेरै व्यापार उपसमूहको सेयर मूल्यमा गिरावट अाएकाे छ । यस कम्पनीको सेयर मूल्य आज २.६८ प्रतिशतले घटेको छ ।

यसैगरी, होलट तथा पर्यटन उपसमूहको सेयर मूल्य पनि २.६३ प्रतिशतले घटेको छ । बैंकिङ उपसमूहको सेयर मूल्य १.३९ प्रतिशत घटेको छ । आइतबार ४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्