Logo

घटेको कमिशनमा विलिङ नुहँदा नेप्से कारोवारमा समस्या, ब्रोकरसँग वार्ता जारी

घटेको कमिशनमा विलिङ नुहँदा नेप्से कारोवारमा समस्या, ब्रोकरसँग वार्ता जारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिशनलाई ब्रोकरहरुले प्रयोग गर्दौ आएको सफ्टवेयरले सपोर्ट नगरेपछि कारोवार नै रोकिएको छ । आजबाट नयाँ कमिशन दर लागू गरिएपनि घटाएको कमिशन दरलाई सफ्टवेयरले सपोर्ट नगर्दा हालसम्म कारोवार खुल्न सकेको छैन ।

हाल ब्रोकरहरुले ‘मण्डला’ सफ्टवेयर प्रयोग गर्दै आएका छन् । उक्त सफ्टवेयरले घटेको कमिशन दर अनुसार विलिङ गर्न नमिलेको नेपाल स्टक एक्सचेञ्जका महाप्रवन्धक सिताराम थपिलयाले जानकारी दिए । ‘सफ्टवेयरले सपोर्ट नगरेपछि सवै ब्रोकरहरु छलफलका लागि नेप्सेमा आएका छन्,’ उनले भने, ‘के गर्ने भन्ने विषयमा ब्रोकरहरुसँग छलफल भइरहेको छ ।’

नेप्सेले आफ्नो तर्फबाट बजार खुला गरेको छ । तर, अहिलेसम्म कुनै पनि ब्रोकरले कारोवार गरेका छैनन् । गतहप्ता मात्रै बोर्डले मौजुदा ब्रोकर कमिशन दरमा ४० प्रतिशतले घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्