Logo

टोयोटाको आउटलेट नयाँ बजारमा, शनिवारदेखि सञ्चालनमा

टोयोटाको आउटलेट नयाँ बजारमा, शनिवारदेखि सञ्चालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टोयोटा गाडीको नयाँ आउटलेट काठमाडौंको नयाँ बजारमा स्थापना गरिएको छ । सो शोरुम शनिवारदेखि सञ्चालनमा ल्याइएको हो । शोरुममा टोयोटाको लागी आवश्यक सबै प्रकारका जेनियुन पार्टस्, मोविल वयल, एसोसोरिजहरु उपलव्ध हुने बताइएको छ ।

आउटलेको बिस्तारसँगै वर्कसपको सँजाल निर्माणमा पनि काम गर्ने बताइएको छ । जसले टोयोटाले दिने सर्भिसलाई अझ छिटो, गुणस्तरीय र प्रभावकारी बनाउँने विश्वास कम्पनीको छ ।

त्यस्तै आउटलेट स्थापनाको अवसरमा कम्पनीसँग जोडिने वर्कसपहरुलाई बिशेष छुटको समेत व्यवस्था गरिएको छ । यससँगै बिगतमा टोयोटाको पार्टस नेपाली बजारमा पाउन धेरै समय लाग्ने भन्ने गुनासो हट्ने विश्वास छ ।

टोयोटाको नेपालका लागी आधिकारीक बिक्रेता युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले बिगत ४९ बर्षदेखि टोयोटाका उत्पादनहरु नेपालमा बिक्री बितरण गर्दै आएको छ ।
हाल नेपाली बजारमा टोयोटाका विभिन्न मोडलका करिब ३५ हजार गाडीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्