Logo

सेयर बजारमा सामान्य सुधार, १३ अंकले बढेकाे बजारमा १ अर्बको कारोबार

सेयर बजारमा सामान्य सुधार, १३ अंकले बढेकाे बजारमा १ अर्बको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १३.१८ अंकले बढेर १ हजार ८ सय ६४.६२ बिन्दुमा आईपुगेको छ ।

यसभन्दा अगाडीका दिनमा सेयर बजार तगातार घटेको थियो । अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से सूचक २३.१६ अंकले घट्दै १ हजार ८ सय ५१ को विन्दुमा झरेको थियो ।

मंगलबार सेयर बजारमा १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँको कारोबार भएको थियो । आज २ सय ८९ कम्पनीको ३८ लाख १३ हजार २ सय ३३ कित्ता सेयर ४५ हजार ४ सय ५६ पटक कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १ सय ७३ कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी, ७५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्यभने यथावत रहेको छ ।

मंगलबार कारोबारमा आएको १३ उपसमूहमध्ये ३ उपसमूहको सेयर मूल्य घटेको छ भने, बाँकी १० उप समूहको सेयर मूल्य बढेको छ ।

मंगलबार ४ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा हाथवे इन्भेष्टमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा जीआइसी इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL