Logo

ओटीसी बजार कारोबार शूल्क ९० प्रतिशत घट्यो, हेर्नुहोस यस्तो छ नयाँ व्यवस्था !

ओटीसी बजार कारोबार शूल्क ९० प्रतिशत घट्यो, हेर्नुहोस यस्तो छ नयाँ व्यवस्था !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर बजार (ओटीसी) कारोवारको सेवा शुल्कमा भारी गिरावट गरेको छ । बोर्डले ओटीसी बजारको सेवाशुल्क ९० प्रतिशतसम्म घटाएको छ ।

नयाँ व्यवस्था अनुसार २५ हजार रुपैयाँसम्मको कारोवारमा जिरो दशलमव २ प्रतिशतमात्र सेवा शुल्क बुझाए पुग्नेछ भने ५० हजारभन्दा माथीको कारोवारमा जिरो दशलमव १५ प्रतिशत बुझाउनु पर्ने हुन्छ । यस अघि यस्तो कारोवारको १ देखि २ प्रतिशतसम्म लिँदै आएका थिए ।

ओटीसी संचालन सम्बन्धी विनियमावली, २०६५ बमोजिम बजारमा कारोबार हुन नसकिरहेको अवस्थामा यसलाई प्रोत्साहन गर्न त्यस्तो कारावारमा सेवा शुल्क घटाएको हो । बोर्डले नेपाल उद्योग वाणिज्य महासंघ लगायतका सरोकारवाला पक्षहरुबाट प्राप्त गुनासोलाई दृष्टिगत गरी प्रारम्भिक अवस्थामा रहेको ओटीसी बजारलाई प्रोत्साहन गर्न कारोबार शुल्कमा कटौती गरेको जानकारी दिएको छ । जस अनुसार बोर्डले आफुलाई प्राप्त हुने शुल्कलाई यथावत राखी अन्य शुल्कमा ८५ देखि ९० प्रतिशतसम्म घटाएको हो ।

केही समय अघि बोर्डले कम्पनी रिजष्ट्रारको कार्यालयलाई उक्त कार्यालयमा दर्ता भएका तर सुचिकरण नभएका पब्लिक कम्पनीको धितोपत्र कारोवार हुने व्यवस्था मिलाउन पत्राचार गरेको थियो । सोही अनुरुप हाल बोर्डले ओटीसी बजारलाई अघि बढाइरहेको छ ।

otc_market

प्रतिक्रिया दिनुहोस्
MBL