Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब २५ करोडमा सीमित

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब २५ करोडमा सीमित



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २३.१६ अंकले घट्दै १८ सय ५१ को विन्दुमा पुगेर रोकिएको हो ।

यस्तै आज कारोबार अवधिभर २ सय ८४ कम्पनीका ४८ लाख ३७ हजार ८ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँमा सीमित भएको हो ।

आज बजार उच्च अंकले ओरालो लाग्दा कारोबारमा आएका २ सय ११ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने २२ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL