Logo

अधिकांश समुह उकालो लाग्दा १२ अंकले बढ्यो नेप्से, १ अर्व ४८ करोडको कारोबार

अधिकांश समुह उकालो लाग्दा १२ अंकले बढ्यो नेप्से, १ अर्व ४८ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ११ दशमलव ९९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ९८ दशमलव ८३ अंकमा पुगेर बन्द भएको छ ।

बिहीवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २५ दशमलव ५६ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादन समुह ६९, विकास बैंक २१ दशमलव ८७ र होटल समुह ११ दशमलव ७९ अंकले बढेको छ ।

त्यस्तै फाइनान्स ५ दशमलव ८३, सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ५ दशमलव ८ र अन्य ५ दशमलव ७८ अंकले उकालो लागेको हो । यता जलविद्युत समुहको परिसुचक भने ९ दशमलव ९ अंकले ओरालो लागेको छ । बिहीवार १ सय ४१ कम्पनी कारोवारमा आएका थिए ।

ती कम्पनीको ३१ लाख ५२ हजार कित्ता सेयरबाट १ अर्व ४८ करोडको कारोवार भएको छ । बिहीवार सिद्धार्थ बैंक लिमिटेडको  सवैभन्दा बढी १२ करोड ९९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्