Logo

साताको अन्तिम दिन सेयर बजार २०.१६ अंकले घटेर बन्द, कारोबार रकममा भने सुधार

साताको अन्तिम दिन सेयर बजार २०.१६ अंकले घटेर बन्द, कारोबार रकममा भने सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार मापक गर्ने नेप्से परिसूचक २०.१६ अंकले ओरालो लागेर १ हजार ८ सय ७४.६० बिन्दुमा आइ पुगेको छ । साताको चौथो कारोबार दिन बुधबार भने सेयर बजार केहि बढेको थियो ।

बुधबार नेप्से सूचक ५.१६ अंकले बढेर १ हजार ८ सय ९४.७६ बिन्दुमा पुगेको थियो । यस साताको पाँच कारोबार दिनमा एक कारोबार दिनमात्र सेयर बजार बढेको छ । बाँकी ४ कारोबार दिनहरुमा सेयर बजार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ ।

बिहीबार सेयर कारोबार रकममा भने बुधबारको तुलनामा केहि सुधार देखिएको छ । बिहीबार १ अर्ब ७० करोड १ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार १ अर्ब ८ करोड ८५ लाख ४७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूह मध्ये १ उपसमूहको मात्र सेयर मूल्य बढेको छ । बाँकी १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । आज म्युचुअल फण्ड उपसमूह तर्फको सेयर मूल्य ०.१६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

यसैगरी, आज सबैभन्दा धेरै जलविद्युत कम्पनी उपसमूहतर्फका सेयर लगानी कर्ताले गुमाएका छन । यस उपसमूहका लगानीकर्ताले आज १.५९ प्रतिशतले आफ्नो सेयरमूल्य गुमाएका छन ।

बिहीबार २ सय ९२ कम्पनीको ७५ लाख ५८ हजार ५ सय ४२ कित्ता सेयर ६२ हजार ४६ पटक किनबेच भएको छ । कारोबारमा आएका १३ कम्पनीको सेयर मूल्य बढेको छ भने, बाँकी २ सय १० कम्पनीको सेयर मूल्य घटेको छ । यता, ४ कम्पनीको सेयर मूल्य आज यथावत रहेको छ ।

बिहीबार कारोबारमा आएका ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । भगवती जलविद्युत कम्पनी, मिड सोलु जलविद्युत कम्पनी, हाथवे कम्पनी, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

बिहीबार लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर कारोबार १६ करोड ३८ लाखसहित कारोबार रकममा सबैभन्दा धेरै कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबि बैंक र नेपाल एसबीआई बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL