Logo

प्रतितोला ५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

प्रतितोला ५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार स्थानिय बजारमा सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको छ । सो दिन सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।

बुधवार सुनको भाउ ५८ हजार ७ सय रुपैयाँ  पुगेको थियो । त्यस्तै विहीवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदी ८ सय ७५ मा कारोवार भएको छ । यो बुधवारको तुलनामा २५ रुपैयाँले कम हो । बुधवार चाँदी तोलाको ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्