Logo

अब पुराना स्मार्टफोनसँग नयाँ आइफोन साटन सकिने, ३००० सम्मको अधिक मूल्यांकन पनि पाइने

अब पुराना स्मार्टफोनसँग नयाँ आइफोन साटन सकिने, ३००० सम्मको अधिक मूल्यांकन पनि पाइने



काठमाडौं । आफ्ना पुराना स्मार्टफोनहरू बिक्री गर्नका लागि सजिलो प्लेटफर्म–नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इभो स्टोरसँग नवीनतम साझेदारी गर्दै पुराना स्मार्टफोनको सट्टा नयाँ आइफोन किन्न सकिने सुबिधा दिने भएको छ।

यही २०८० असोज २३ गतेदेखि तिहारसम्म लागू गरिएको यो एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले नयाँपुरानो एक्सचेन्ज मोबाइल एपमार्फत् आफ्ना पुराना फोनहरू नयाँ आइफोनहरूसँग साट्ने अवसर पाउनेछन्।

यो एक्सचेन्ज क्याम्पबाट ग्राहकहरूले आफ्नो पुरानो फोनमा थप रू ३००० सम्मको अधिक मूल्याङ्कन पनि प्राप्त गर्ने व्यवस्था रहेको नयाँपुरानो मोबाइल एपका अभिषेक अग्रवालले बताए।

यसअघि इभोस्टोरले पुराना आईफोनसँग मात्र नयाँ आईफोनहरु एक्सचेन्ज गर्ने गर्दथ्यो। तर अब भने तपाईँले आफूसँग भएको जुनसुकै मोबाइलसँग आईफोन एक्सचेन्ज गर्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL