Logo

पुनर्बीमा कम्पनीको नाफा ३७ प्रतिशतले बढ्यो, गत आवमा कमायो ३० करोड

पुनर्बीमा कम्पनीको नाफा ३७ प्रतिशतले बढ्यो, गत आवमा कमायो ३० करोड


बिजखबर संवाददाता
27
Shares

नेपाल पुनर्बीमा कम्पनीले ३० करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम आर्थिक वर्ष २०७१/७२ को तुलनामा ३७ प्रतिशतले बढी हो । कम्पनीले आव २०७१/७२ मा १९ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

पुनर्बीमा कम्पनीमा सरकार र बीमा कम्पनीहरुको लगानी रहको संस्था हो । तत्कालिन आकस्मिक बीमा कोषलाई सरकाले पुनर्बीमा कम्पनीमा परिणत गरेको हो ।

गत आर्थिक वर्षमा कम्पनीले ४८ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशन आय ४१ करोड रुपैयाँ छ । त्यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्यबाट दुई करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो वर्ष कम्पनीले चार करोड ११ लाख रुपैयाँ दावी भुक्तानी गरेको परिपोर्टमा उल्लेख छ । साथै अव ११ करोड ५५ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्