Logo

सामान्य बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

सामान्य बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक ५.१६ अंकले बढेर १ हजार ८ सय ९४.७६ बिन्दुमा पुगेको छ । साताको तेस्रो कारोबार मंगलबार भने सेयर बजार १९.०६ अंकले घट्दै १ हजार ८ सय ८९ बिन्दुमा पुगेर रोकिएको थियो ।

साताको चौथो कारोबार दिन सेयर कारोबार रकम भने घटेको छ । बुधबार १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९ सय ८० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार १ अर्ब २८ करोड ३१ लाख बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार सेयर बजारमा २ सय ८६ कम्पनीको ३७ लाख ३३ हजार ५ सय २४ कित्ता सेयर ५५ हजार १ सय ९७ पटक किनबेच भएको छ । यसैगरी, कारोबारमा आएको १ सय ३७ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने बाँकी ८५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

बुधबार १२ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज ५ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छन । बुधबार सिटी होटल, मान्डू जलविद्युत कम्पनी, हाथवे कम्पनी, समता लघुवित्त वित्तीय संस्था र सयपत्री लजविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

बुधबार कारोबारमा आएको १३ उपसमूहमध्ये तीन समूहको सेयर मूल्य घटेको छ । बाँकी १० समूहको सेयरमूल्य बढेको छ । आज कारोबारमा आएका समूहमध्ये सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको सेयरमूल्य बढेको छ । यस समूहको सेयरमूल्य आज समग्रमा १.८० प्रतिशतले बढेको छ । यसैगरी, आज कारोबारमा आएको समूहमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रसोधन समूह र व्यापार समूहको सेयरमूल्य घटेको छ ।

यी दुई समूहको सेयरमूल्य आज ०.१३ प्रतिशतले घटेको छ । बुधबार ४ करोड ८० लाख रुपैयाँसहित कारोबार रकममा मान्डू हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र नबिल बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL