Logo

अरोमाको नयाँ शोरूम चावहिलमा, एकैवर्षमा १५ शाखा विस्तार गर्दै

अरोमाको नयाँ शोरूम चावहिलमा, एकैवर्षमा १५ शाखा विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको अत्याधुनिक शोरूम राजधानीको चावहिलमा विस्तार भएको छ । शोरुमको उद्घाटन हिन्दु विद्यापिठका डा. चिन्तामणि योगी, समाजसेवी तथा धार्मिक माता सपना, गायक आनन्द कार्की र कम्पनीका सञ्चालक अरूणराज भट्टराईले संयुक्त रूपमा गरे ।

सो अवसरमा कम्पनीका सञ्चालक अरूणराज भट्टराईले थाईल्याण्डमा उत्पादित विश्वप्रसिद्ध फेशन ब्राण्ड अरोमाका सामाग्रीलाई देश व्यापी बनाउने उदेश्यले हामी बजार विस्तार गर्दै लैजाने जानकारी दिए । साथै विश्वकै उत्कृष्ट मध्येको ब्राण्डेड सामाग्री नेपालीहरूमाझ पुर्याउन पाउँदा खुशी व्यक्त गरे ।

विगत दुईवर्षदेखि राजधानीको उत्तरढोकाबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजिले नेपालभर बजार विस्तार गर्ने योजनाअनुरुप शोरूमको विस्तार गरेको हो ।
फेशनेवल लेडिज तथा जेन्स् सामाग्री विक्री वितरण गर्दै आएको अरोमाले निकट भविष्यमै अरोमाका कस्मेटिक, इलेक्ट्रिोनिक्स् तथा अन्य खाले सामाग्री भित्र्याउने जानकारी दिएको छ । नयाँ शोरूमबाट होलसेल, रिटेल र कष्टमाईजका सबै सेवा प्रदान गर्ने बताइएको छ ।

अरोमा थाईल्याण्डमा उत्पादन हुने बहुराष्ट्रिय कम्पनी हो । यसका उत्पादन विशेषगरी युरोप र एशियामा बढि मन पराइन्छ । कम्पनीले युवा पुस्ताको फेशनेवल तथा ब्राण्डेड सामाग्री प्रतिको आकर्षण पुरा गर्नका लागि यहि वर्षभित्रै नेपालका विभिन्न १५ स्थानमा शो–रूम विस्तार गर्ने लक्ष्य लिएको छ ।

साथै एकहप्ताभित्रै अर्को शोरुम ललितपुरमा विस्तार गरिने कम्पनिको भनाई छ । यसैबिच कम्पनीले शोरूम सञ्चालनको उपलक्ष्यमा हरेक किसिमको सामाग्री खरिदमा ३० प्रतिशत छुटको घोषणा गरेको छ । अरोमाका कुनैपनि सामाग्री किन्दा ग्राहकले ३० प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्