Logo

साताको तेस्रो दिन पनि दोहोरो अंकले घट्याे नेप्से, १ अर्ब २८ करोडको कारोबार

साताको तेस्रो दिन पनि दोहोरो अंकले घट्याे नेप्से, १ अर्ब २८ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्देशिका संशोधन गर्दै सेयर धितो कर्जाको १२ करोडको सीमा हटाएपनि यो साता लगातार बजार घटिरहेको छ ।

जसअनुसार यो साताको आईतबार र हिजो उच्च अंकले बजार घटेको थियो । त्यहि क्रमअनुसार आज पनि बजार १९.०६ अंकले घट्दै १८८९ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल २ सय ८२ कम्पनीका ४२ लाख ८७ हजार ४ सय २४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २८ करोड ३१ लाख माथि भएको छ ।

आज बजारमा कारोबार भएकामध्ये सबै समुहको परिसुचक ओरालो लाग्दा १ सय ९३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने ३१ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL