Logo

४० प्रतिशतले घट्यो ब्रोकर कमिशन, हेर्नुहोस यस्तो छ नयाँ व्यवस्था

४० प्रतिशतले घट्यो ब्रोकर कमिशन, हेर्नुहोस यस्तो छ नयाँ व्यवस्था


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेयर खरिदविक्री गर्दा ब्रोकरलाई दिनुपर्ने कमिशन घटेको छ । अर्थ मन्त्रालयले आज एक निर्णय गर्दै सेयर दलाललाई दिनुपर्ने कमिशनलाई ४० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

अर्थको निर्णयसँगै आगामी दिनमा सेयर लगानीकर्ताले कारोबार रकमको आधारमा ब्रोकरलाई जिरो दशमलव ४ प्रतिशतदेखि जिरो दशमलव ६ प्रतिशतसम्म मात्र कमिशन बुझाउनु पर्नेछ । यसअघि जिरो दशमलव ७ प्रतिशतदेखि १ प्रतिशतसम्म दिनुपर्ने व्यवस्था थियो । पछिल्लो समय बजारका कारोवारको आकार बढेको भन्दै ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए ।

नयाँ व्यवस्था अनुसार ब्रोकर कम्पनीले ५० हजार रुपैयाँसम्म जिरो दशमलव ६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाखरुपैयाँसम्म जिरो दशमलव ५५ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जिरो दशमलव ५ प्रतिशत २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म जिरो दशमलव ४५ प्रतिशत र सोभन्दा माथी जिरो दशमलव ४ प्रतिशतसम्म सेवा शुल्क तोकिएको छ । यसभन्दा अघि ५० हजार रुपैयाँसम्म १ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म जिरो दशमलव ९ प्रतिशत, ५ लाखदेखि १० लाखसम्म जिरो दशमलव ८ प्रतिशत र १० लाख भन्दा माथि जिरो दशमलव ७ प्रतिशत सेवा शुल्क लिँदै आएका थिए ।

broker-commission

प्रतिक्रिया दिनुहोस्