Logo

१३ दशमलव ६३ अंकले ओरालो लाग्यो नेप्से, २ अर्व १२ करोडको कारोवार

१३ दशमलव ६३ अंकले ओरालो लाग्यो नेप्से, २ अर्व १२ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक १३ दशमलव ६३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८६ दशमलव ८४ अंकमा झरेर बन्द भएको हो । सो दिन उत्पादनबाहेक सवै समूह ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

बुधवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २५ दशमलव ९२ अंकले घटेको छ । त्यस्तै होटल ३५ दशमलव ५५, अन्य १५ दशमलव १६,जलविद्युत १२ र बैंक समुहको परिसुचक ११ दशमलव ५१ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंक ६ दशमलव २८ र फाइनान्स समुहको परिसुचक १ दशमलव ८२ अंकले ओरालो लागेको छ ।

बुधवार उत्पादन समुहको परिसुचक भने ५२ दशमलव ९९ अंकले बढेको छ । बुधवार सिद्धार्थ बैंक लिमिटेडको सेयर सवैभन्दा बढी ३९ करोड ६९ लाखको कारोबार भएको छ ।

सो दिन १ सय ४१ कम्पनी कारोवारमा आएका थिए । ३४ लाख ७४ हजार कित्ता सेयरबाट २ अर्व १२ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्