Logo

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा पनि गिरावट

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार पनि उच्च अंकले घटेको नेप्से आज पनि १२.५८ अंकले घट्दै १९ सय ८ को विन्दुमा पुगेर रोकिएको हो ।
खासगरी नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशिकामा संशोधन गर्दै सेयर धितो कर्जाको १२ करोडको सिमा हटाएपछि पनि यसको प्रभाव बजारमा नपरेको हो ।

आज उत्पादनमुलक र व्यापार समुहका परिसुचकबाहेक अन्य सबैजसो समुहको परिसुचक घटेका छन् ।

आज बजारमा कुल २ सय ८७ कम्पनीका ४३ लाख २७ हजार १ सय ७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि १ अर्ब १७ करोड १ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । आईतबार कारोबार रकम १ अर्ब ८० करोड माथि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL