Logo

सेयर धितो कर्जामा हेरफेरपश्चात पनि नेप्सेमा पहिरो, २ सय १३ कम्पनीको सेयरमूल्यमा गिरावट

सेयर धितो कर्जामा हेरफेरपश्चात पनि नेप्सेमा पहिरो, २ सय १३ कम्पनीको सेयरमूल्यमा गिरावट



काठमाडौं । राष्ट्र बैंकको नीति परिवर्तनका वावजुद पनि आईतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उच्च अंकको गिरावट आएको छ । गत बिहीबार साँझ मात्रै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सिमा हटाएर व्यक्तिगत हकमा १५ करोड र संस्थागत हकमा २० करोड रुपैयाँ पुर्याएको थियो । यसो हुँदा सेयर बजारमा उत्साह छाउने अनुमान गरिएपनि आईतबार सेयर बजारको गिरावटमा ब्रेक लागेन ।

आज कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा ३५.०५ अंकले घट्दै १९ सय १९ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ८९ कम्पनीका ५८ लाख १५ हजार १ सय ८९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

यति हुँदाहुँदै पनि आज कारोबारमा आएका कम्पनीमध्ये २ सय १३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने बाँकी १६ कम्पनीको सेयरमूल्य बढेको छ । आज कारोबारमा आएका सबै समुहको परिसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL