Logo

टर्बो स्पिड टेक्नोलोजीमा आधारित जेटु स्मार्टफोन बजारमा, मूल्य १५ हजार ९ सय

टर्बो स्पिड टेक्नोलोजीमा आधारित जेटु स्मार्टफोन बजारमा, मूल्य १५ हजार ९ सय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सामसुङको नयाँ ग्यालेक्सी जेटु नेपालमा भित्रिएको छ । सो फोनमा टर्बो स्पिड टेक्नोलोजी र स्मार्ट ग्लो प्रविधि प्रयोग गरिएको छ । यो प्रविधि पहिलो पटक सामसुङ स्मार्टफोनमा प्रयोग गरेको कम्पनीको दाबी छ ।

यो सन् २०१५ मा सार्वजनिक ग्यालेक्सी जेटु को परिस्कृत भर्जन हो । परिस्कृत भर्सनमा फोरजी सपोर्ट गर्छ । ग्यालेक्सी जेटू २०१६ लाई उपभोक्ताको सहजतालाई दृष्टिगत गर्दै रि–इञ्जिनियर्ड, रि–डिजाइन्ड र टर्बो स्पिड टेक्नोलोजी (टीएसटी) र स्मार्ट ग्लो लगायत नयाँ फिचर्सका साथ रिलोडेड गरिएको छ । यसमा रहेको टर्बो स्पिड प्रविधिले स्मार्टफोनको प्रयोगकर्तालाई तिब्र गतिको उत्कृष्ट अनुभव प्रदान गर्ने बताइएको छ ।

यो प्रविधिले दोब्बर ¥याम सहितका स्मार्टफोनका तुलनामा एप लोड हुन लाग्ने समयलाई झण्डै ४० प्रतिशतसम्म कम समयमा लोड गर्न सघाउँछ । त्यस्तै,स्मार्ट ग्लो नयाँ पुस्ताको एलइडी नोटिफिकेशन प्रणाली भएको बताइएको छ ।

नयाँ जेटुमा अल्ट्रा डेटिङ सेभिङ, अल्ट्रा पावर सेभिङ मोड, सेल्फी एसिष्ट र क्विक लञ्च एप्सलगायत अत्याधुनिक प्रविधि जडान गरिएको छ । त्यस्तै १.५ जीएचजेड क्वाडकोर प्रोसेसर, १.५ जीबी र्याम, २६०० सय एमएएच क्षमताको ब्याट्री, नयाँ एण्ड्रोइड मार्शमेलो ६.०.१ अपरेटिङ सिष्टमलगायत रहेको छ ।

यसमा पछाडि ८ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा छ । जेटु २०१६ कालो, सिल्भर र सुनौलो गरी तीन रङमा उपलब्ध छ । यसोको मूल्य १५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्