Logo

अधिकांश समुह उकालो लाग्दा करिव १४ अंकले बढ्यो नेप्से, २ अर्वको कारोवार

अधिकांश समुह उकालो लाग्दा करिव १४ अंकले बढ्यो नेप्से, २ अर्वको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक १३ दशमलव ९० ले बृद्धि भएको छ । सो दिन सेयर बजार १ हजार ८ सय ४७ अंकमा पुगेको हो ।

मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन उत्पादन समुह सवैभन्दा बढी ४० दशमलव २४ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ३५ दशमलव ४८ अंकले उकालो लागेको छ । त्यसैगरी होटल ३५ दशमलव ३३,विकास बैंक १५ दशमलव ७७ र फाइनान्स समुहको परिसुचक ८ दशमलव ८१ अंकले उकालो लागेको छ ।

यता बीमा समुहको परिसुचक भने २ सय ४० दशमलव १९ अंकले ओरालो लागेको छ । त्यस्तै अन्य समुह १७ र जलविद्युत समुहको परिसुचक ९ दशमलव ९३ अंकले घटेको छ ।

मंगलवार १ सय ३९ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २९ लाख कित्ता सेयरबाट १ अर्व १४ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्