Logo

दोहोरो अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज –नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ११.०४ अंकले घट्दै १९ सय ५६ को विन्दुमा पुगेर रोकिएको हो ।

नेप्से परिसुचक ओरालो लागेसँगै आज अधिल्लो कारोबार दिन बुधबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेका अनुसार बुधबार करिव १ अर्ब १८ करोड रुपैयाँ माथिको कारोबार भएकोमा आज घटेर १ अर्ब १० करोड६५ लाख १९ हजार रुपैयाँमा सीमित भएको हो । आज दिनभर २ सय ८० कम्पनीका ३५ लाख ६२ हजार ६ सय २४ कित्ता सेयर ५० हजार ६९ पटक किनबेच भएका छन् ।

आज कारोबारमा आएका कम्पनीहरुमध्ये १ सय ७२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीको सेयरमूल्यमा भने वृद्धि देखिएको छ । यस्तै आज म्युचुअल फण्डबाहेकका सबै उपसमुहको परिसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL