Logo

सेयर बजारमा सामान्य सुधार, परिसुचक ९.२४ अंकले बढ्दा १ अर्ब १८ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, परिसुचक ९.२४ अंकले बढ्दा १ अर्ब १८ करोडको कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर बजार कारोबार मापन परिसूचक नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ बिन्दुमा पुगेको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको थियो । मंगलबार सेयर बजार १७.५६ अंकले घटेर १९५८ बिन्दुमा झरेको थियो । बुधबार कारोबार रकम भने मंगलबारको तुलनामा केहि घटेको छ । बुधबार सेयर बजारमा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएको १ सय ७४ कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी, ५२ कम्पनीको सेयर मूल्य घटेको छ भने, ६ कम्पनीको सेयर कारोबार यथावत रहेको छ । कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेका छन् ।

यसैगरी, आज २ सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर ५८ हजार ७ सय ४१ पटक किनबेच भएका छन । आज कारोबारमा आएका १३ उपसमूहमध्ये एउटा उपसमुहको सेयर मूल्य घटेको छ । बाँकी उपसमुह सबै बढेको छन् । आज बैंकिङबाहेक सबै समुहको सेयरमूल्य घटेको हो । सबैभन्दा धेरै हाइड्रो पावर कम्पनीको सेयरमूल्य बढेको छ । यस उपसमूह तर्फको सेयर मूल्य आज १.३७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL