Logo

बीमा र बैंकिङमा लगानीकर्ताको आकर्षण, ४० अंकले बढ्दा झण्डै २ अर्बको कारोवार

बीमा र बैंकिङमा लगानीकर्ताको आकर्षण, ४० अंकले बढ्दा झण्डै २ अर्बको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ४० दशमलव ८३ अंकले उकालो लागेको छ । बजारमा बीमा र बैंकिङ समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको हो । १ हजार ७ सय ४५ अंकबाट बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार ७ सय ८६ दशमलव ५७ अंकमा पुगेर अडिएको छ ।

बजारमा बीमा र बैंकिङ समुहतर्फ लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । सोमबार बीमा समुहको परिसुचक ६ सय १८ अंकले बढ्न गएको छ । यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ४० दशमलव ७९ अंकले बढेको छ । सोमबार यी दुई समुहको परिसुचकले समग्र नेप्से परिसुचकमै हलचल ल्याएको छ ।

सोमबार बजार बढ्नुका साथै कारोवार रकम पनि बढेको छ । दिनभर कुल १ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोवार भएको छ । कुल १ सय ३७ कम्पनीको २८ लाख ७० हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

दिनभर बैंक, बीमा तथा जलविद्युत कम्पनीको कम्पनीको सेयर कारोवार बढी भएको छ । बजारमा सवैभन्दा बढी नेपाल बंगलादेश बैंकको १० करोड ८८ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । यसैगरी नेपाल बैंकको ८ करोड ७७ लाख रुपैयाँको सेयर कारोवार भएको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ७ करोड ९४ लाख रुपैयाँ बरावरको सेयर विक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL