Logo

दोहोरो अंकले घट्यो नेप्से, १८७ कम्पनीको सेयरमूल्यमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, १८७ कम्पनीको सेयरमूल्यमा गिरावट



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १७.५६ अंकले घट्दै १९५८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १९ करोड ९१ लाख १ हजार ३ सय २४ रुपैयाँ पुगेको छ ।

आज दोहोरो अंकले घटेको बजारमा १ सय ८७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४४ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज सबै समुहको परिसुचकहरु ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL