काठमाडौं । आइएमई पे ले ले दसैं, तिहार तथा छठलाई लक्षित गरेर ‘आइएमई पे डिजिटल दसैंतिहार’ योजना सार्वजनिक गरेको छ। यो अफर असोज १४ गतेदेखि मंसिर ३ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
५० दिनको उक्त अफर अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले विभिन्न कारोबारमा ‘क्यासब्याक’को प्रोमो कोड प्राप्त गर्नेछन्। त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।
त्यसैगरी, ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको शपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।
यससँगै आइएमई पेमार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने मौका रहको आइएमई(पेका सीईओ प्रवीन रेग्मीले बताए।