Logo

नेप्सेमा ३३ अंकको गिरावट, ६ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

नेप्सेमा ३३ अंकको गिरावट, ६ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट



काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा ३३.२० अंकले घट्दै १९७१ को विन्दुमा पुगेर रोकिएको छ ।

आज परिसुचक उच्च अंकले घट्दा २ सय २० कम्पनीको सेयरमूल्य ओरालो लागेको छ त्यसमध्ये पनि ६ कम्पनीको सेयरमूल्यमा भने नकारात्मक सर्किट ब्रेक लागेको नेप्सेले जानकारी दिएको छ ।

आज कुल २ सय ८४ कम्पनीका ६७ लाख २३ हजार ४ सय कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

बजार आज उच्च अंकले घट्दा पनि सयपत्री जलविद्युत कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट ब्रेक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL