Logo

रिचेत जलविद्युत कम्पनीले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो आवेदन

रिचेत जलविद्युत कम्पनीले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो आवेदन



काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सर्वसाधारणको लागि ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४ सय ५० कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासनको प्रकृया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्