Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, साढे २९ अंकले बढ्दा १ अर्व १६ करोडको कारोवार

बैंकिङ समुहले उचाल्यो नेप्से, साढे २९ अंकले बढ्दा १ अर्व १६ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २७ दशमलव ५९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ४५ दशमलव ७४ अंकमा पुगेर बन्द भएको छ ।

आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुह उकालो लाग्दा समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बैंकिङ समुहको परिसुचक ४९ दशमलव ९७ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादन समुह ४० दशमलव ४४, अन्य समुह २४ दशमलव ८६ र फाइनान्स समुहको परिसुचक ५ दशमलव ९२ अंकले बढेको छ ।

यता सो दिन वीमा, विकास बैंक,जलविद्युत र होटल समुहको परिसुचक भने क्रमशः ४८ दशमलव १८, ३१ दशमलव ९८, २५ दशमलव ४ र ९ दशमलव १४ अंकले ओरालो लागेको छ ।

आइतवार १ सय ३६ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २२ लाख ७२ हजार कित्ता सेयरबाट १ अर्व ३६ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्