Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोवार १ अर्व ८१ करोडमा सीमित

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोवार १ अर्व ८१ करोडमा सीमित



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा झरेको छ । मंगलबार सेयर बजार १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा पुगेको थियो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँ बराबरको भएको सेयर बजारमा बुधबार १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार रुपैयाँकोमात्र कारोबार भएको छ ।

बुधबार कारोबारमा आएको १३ वटा उपसमूहको सेयर मूल्य घटेको छ । यस दिन सबैभन्दा धेरै जलविद्युत उपसमूहको सेयर मूल्य घटेको छ । यस समूहको सेयर मूल्य आज समग्रमा १.५१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका ३४ कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ९३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । कारोबारमा आएको २ सय ८२ कम्पनीको ७० लाख ६१ हजार ४ सय ४ कित्ता सेयर कारोबार भएका छ ।

आज ७ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL