Logo

एपीआई कार्यविधि पारित, अब सेयर आवेदन दिनेवित्तिकै भेरिफाइड र रिजेक्टको जानकारी पाइने

एपीआई कार्यविधि पारित, अब सेयर आवेदन दिनेवित्तिकै भेरिफाइड र रिजेक्टको जानकारी पाइने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपीआइ सम्बन्धी कार्यविधि पारित गरेको छ । उक्त कार्यविधि पारित भएपछि अब आइपीओ भर्दा बैंक खातामा पैसा छ भने भेरिफाइ हुने र छैन भने तुरुन्तै रिजेक्ट हुने व्यवस्था गर्न लागिएको हो ।

ब्रोकर, डीपी, नेप्से, बैंक यिनीहरुलाई बैंक आस्वा मेम्बरहरुलाई के–के डाटा चाहिन्छ त्यो एपीआइ मार्फत दिन लागिएको हो । उनीहरुको आवश्यकता अनुसारको डाटा रियल टाइममा लाइभ गरिदिने व्यवस्था गर्न लागिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सीइओ पूर्णप्रसाद आचायले बिजखबरलाई बताए ।

‘यो कार्यविधि कार्यन्वयनमा आउने वित्तिकै बैंक खातामा पैसा छ भने तुरुन्तै सेयर आवेदन भेरिफाइ हुने छ, पैसा छैन भने रिजेक्ट हुनेछ ।’ उनी भन्छन, ‘हामीले एपीआइ दिइ सकेपछि उनीहरुले सिआस्वाबाट सेयर भर्दा तुरुन्तै भेरिफाइ गर्न सक्छन् ।’

तर, यसका लागि बैंकले सिस्टम डेभलप गर्नु पर्ने उनको भनाई छ । सिआस्वा सदस्यहरुले चासो राखेर तुरुन्तै भेरिफाइ गर्न खोजे भने समस्या हल हुने उनी बताउछन ।

प्रतिक्रिया दिनुहोस्
MBL