Logo

नेप्सेमा ५ अंकको गिरावट, लगानीकर्ता जलविद्युतको सेयरमा झुम्मिदा साढे १ अर्बको कारोबार

नेप्सेमा ५ अंकको गिरावट, लगानीकर्ता जलविद्युतको सेयरमा झुम्मिदा साढे १ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ५.८९ अंकले घट्दै २००४ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर लगानीकर्ता जलविद्युत कम्पनीका सेयरमा झुम्मिदा ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै आज जलविद्युत समुहको उपसुचक पनि १९.८४ अंकले उकालो लागेको छ ।

आज कुल २ सय ८४ कम्पनीका ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१ रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका समुहमध्ये जलविद्युत र म्युचुअल फण्डबाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् । आज ९२ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय २९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्