Logo

आर्थिक वर्षको अन्त्यमा ४ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कमि

आर्थिक वर्षको अन्त्यमा ४ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कमि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य ओरालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

बजारमा सुनको मूल्य घटेर प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी सो दिन चाँदीको मूल्य पनि ओरालो लागेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ९ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्