Logo

केन्ट आरओको दसैँ तिहार अफर सार्वजनिक, खरिदमा सिजीको भ्याकुम फ्लास्क उपहार

केन्ट आरओको दसैँ तिहार अफर सार्वजनिक, खरिदमा सिजीको भ्याकुम फ्लास्क उपहार



काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल.ले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “यो दशैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं” भन्ने नारासहित यस अफर ल्याएको हो । त्यस अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सि. जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना भाद्र २८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL