Logo

मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको नौ सदस्य नयाँ कार्यसमिति चयन, अध्यक्षमा दिपककुमार मलहोत्रा

मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको नौ सदस्य नयाँ कार्यसमिति चयन, अध्यक्षमा दिपककुमार मलहोत्रा



काठमाडौँ । मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको अध्यक्षमा दिपककुमार मलहोत्रा चयन भएका छन् । यही असोज ३ गते भएको एशोसिएसनको साधारण सभाले मलहोत्राको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

सभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो । एशोसिएसनको उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा पनि पुरानै दोहोरिएका हुन् ।

सभामा समितिका उपाध्यक्ष सञ्जय कुमार अग्रवालले स्वागत मन्तव्य दिएका थिए भने महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए । यस्तै कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL