Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आइतबार’ सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापन नेप्से सूचक १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार भने सेयर बजार दोहोरो अंकले बढेको थियो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४४.३४ अंकले बढेर २०२७ बिन्दुमा पुगेको थियो । गत सातको तुलनामा यस साताको पहिलो कारोबार दिन सेयर कारोबार रकममा पनि गिरावट आएको छ । गत साताको बिहीबार सेयर बजारमा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार सेयर बजारमा २ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । आइतबार कारोबारमा आएका १ सय ६६ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । यसैगरी, ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज कारोबारमा आएको ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । दुई लघुवित्त कम्पनी र दुई जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यसैगरी, आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको सेयर खरिद बिक्री भएको छ ।

यस बैंकको आज १३ करोड २४ लाख ९८ हजार ९५० रुपैयाँ बराबरको ५ लाख ६ सय ९३ कित्ता सेयर २ सय ६३.६० रुपैयाँ खरिद बिक्री भएको छ । आज कारोबारमा आएको १३ समूहमा १२ वटा समूहको सेयर मूल्य घटेको छ भने १ समूहकोमात्र सेयर मूल्य बढेको छ । आइतबार समग्रमा २ सय ८५ कम्पनीको ९० लाख ३ हजार ९ सय ४१ कित्ता सेयर ८१ हजार १० पटक किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL