Logo

नेप्सेमा सबै समुह हरियो, २७ दशमलव ७२ अंकले बढ्दा करिव साढे १ अर्वको कारोवार

नेप्सेमा सबै समुह हरियो, २७ दशमलव ७२ अंकले बढ्दा करिव साढे १ अर्वको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक २७ दशमलव ७२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय १८ दशमलव १५ अंकमा पुगेर बन्द भएको हो ।

बिहीवार  कारोवारमा आएका सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा बृद्धि भएको हो ।  सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ६३ दशमलव ७५ अंकले बढेको छ ।

त्यस्तै बीमा समुह ३७ दशमलव ४४, अन्य ३२, उत्पादन ३० दशमलव ६९ र विकास बैंक समुहको परिसुचक २८ दशमलव ९८ अंकले उकालो लागेको छ ।

त्यसैगरी सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह २६ अंकले बढेको छ । होटल र फाइनान्स समुहको परिसुचक क्रमशः१० दशमलव ४५ र ८ अंकले उकालो लागेको छ । बिहीवार १ सय ४५ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २५ लाख ४० हजार कित्ता सेयरबाट १ अर्व ४६ करोडको कारोवार भएको छ ।

बिहीवार कारोवारमा आएकामध्ये जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको सवैभन्दा बढी १६ करोड ३१ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्