Logo

कर्जा सीमा हट्ने हल्लापछि उच्च अंकले बढ्यो नेप्से, कारोबार सवा ३ अर्व माथि

कर्जा सीमा हट्ने हल्लापछि उच्च अंकले बढ्यो नेप्से, कारोबार सवा ३ अर्व माथि



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ४४.३४ अंकले बढ्दै २०२९ को विन्दुमा पुगेर बन्द भएको हो ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सिमा हटाउने हल्ला चलेसँगै सेयरबजारमा उत्साह देखिएको एक लगानीकर्ताले बताए । राष्ट्र बैंकका गभर्नर १२ करोडको क्याप हटाउन लचक भएको हल्ला फैलिएसँगै पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से उकालो लागेको उनको भनाई छ ।

आज कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्सेमा सबै उपसमुहका परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचकमा १ सय ८६ अंकको वृद्धि हुँदा जीवन बीमा समुहको परिसुचक १ सय ८० अंकले बढेको छ । यस्तै आजै उत्पादनमुलक समुहको परिसुचकमा १ सय ४७ अंकको वृद्धि देखिँदा विकास बैंक समुहको परिसुचकमा १ सय ४२ अंकको वृद्धि देखिएको छ ।

आज कुल २ सय ७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ३ अर्ब २९ करोड ३९ लाख २१ हजार माथि पुगेको छ । आज ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढी कारोबार भने सन नेपाल लाईफको भएको छ । आज उक्त कम्पनीको २० करोड १८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्