काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल. जी. ब्राण्डको शोरूम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ ।
नयाँ र आधुनिक डिजाइनमा खोलिएको शोरूममा एल. जी. ब्राण्डका घरायसी विद्युत् सामाग्रीहरू जस्तै एलईडी टिभी, वासिङ मेसिन, सेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिस्नर, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायत अ? थुप्रै सामाग्रीहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित शोरूम २००५ मा स्थापित एल. जी. ब्राण्डको पहिलो शोरूम हो । ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरूबाटशोरूममा भएका विद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन् । यो शोरूम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहने जनाइएको छ ।