काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.२६ अंकले बढ्दै १९ सय ६९ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबार अवधिभर २ सय ७१ कम्पनीका २८ लाख ७४ हजार २ सय ७५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ८७ करोड ४ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ । आज ईमर्जिङ नेपाल र थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सामान्य अंकले उकालो लागेको बजारमा आज बैंकिङ उपसमुहबाहेकका सबै उपसमुहको सुचक उकालो लागेका छन् ।