Logo

लेनेभोको चार नयाँ स्मार्टफोन सार्वजनिक, शक्तिशाली प्रोसेसर सहित अन्य आकर्षक सुविधा

लेनेभोको चार नयाँ स्मार्टफोन सार्वजनिक, शक्तिशाली प्रोसेसर सहित अन्य आकर्षक सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लेनोभो स्मार्टफोनको नेपालका लागि आधिकारिक विक्रेता लाइफ कम प्रालिले चार नयाँ स्मार्टफोन मोडलहरु बजारमा सार्वजनिक गरेको छ । नयाँ सार्वजनिक मोडलहरुमा लेनोभो के थ्रीनोट, लेनोभो के फोर नोट, लेनोभो भाइवपीवानएम, र लेनोभो भाइव सी छन् ।

लेनोभो के फोर नोटमा ५ दशमलव ५ इन्चको फूलएचडी डिस्प्ले छ । यसमा ३ जीबी र्याम, १६ जीबी रोम र ३३ सय एमएएच ब्याट्री छ । यो १ दशमलव ३ गीगाहर्जको अक्टा कोर प्रोससरद्धारा संचालन हुन्छ । यसले फोरजी एलटीई नेटवर्क सपोर्ट गर्दछ । यसको मूख्य विशेषता भनेको यसको पछाडिको भागमा रहेको फिंगर प्रिन्ट रिडर हो ।

यो फोनमा ड्यूलएलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको फेस डिटेक्सन, अटोफोकस रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट सूटर रहेको छ । यो फोनको खरीदमा एउटा भीआर हेडसेट प्राप्त सकिने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै अर्को फोन लेनोभो के थ्रीनोटमा १ दशमलव ७ गीगाहर्जको प्रोसेसर छ । यसमा २ जीबी र्याम र १६ जीबीको रोम रहेको छ । सो स्मार्टफोनले यो स्मार्टफोनमा ५ दशमलव ५ इन्चको एफएचडी डिस्प्ले, २९ सय एमएएच ब्याट्री छ । यसमा ड्यूल एलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसमा विश्वको पहिलो डल्बि एटमोस भएको ड्यूल स्पीकर रहेको छ ।

लेनोभो भाइवपीवान एममा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

लेनोभो भाइव सी १.१ गीगाहर्जको क्वाड कोर प्रोसेसर, र १ जीबी र्याम तथा ८ जीबी रोमसहित आउँछ । यो फोनमा २३ सय एमएएचको ब्याट्री प्याक रहेको छ । यो स्मार्टफोनले फोरजी नेटवर्क पनि सपोर्ट गर्दछ । यसमा ५ मेगापिक्सेलको रियर क्यामरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

यी सबै मोडलहरुले एन्ड्रोइड ललीपप अपरेटिंग सफ्टवेयर सपोर्ट गर्दछ । यो द्रूत र शक्तिशाली प्रोसेसरसहित आउँछन्, जसले ड्यूल स्ट्याण्डवाईसहितको ड्यूलसिम सपोर्ट गर्दछ ।

नयाँ मोडलको घोषणाका साथमा,कम्पनीले क्यास काउण्ट योजना संचालन गरेको छ । लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्ट फोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् । जुन स्क्रयाच गरि स्योर शटरु. पाँच सय देखि रु. १ लाखसम्म क्यास काउण्ट गर्ने अवसर पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्