Logo

सुन प्रतितोला २ सयले घटेर ५८८०० मा कारोवार, चाँदी स्थिर

सुन प्रतितोला २ सयले घटेर ५८८०० मा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बजारमा सुनको मूल्य घटेर प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । केही दिन यता स्थिर रहेको चाँदीको मूल्य बुधबार पनि स्थिर रही प्रीततोला ९ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL