Logo

सरकार परिवर्तनको निर्णयसँगै सेयर बजारमा उत्तरचढाव, परिसुचक ९ अंकले घट्यो

सरकार परिवर्तनको निर्णयसँगै सेयर बजारमा उत्तरचढाव, परिसुचक ९ अंकले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रले केपी ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मंगलबार सेयर बजारमा दिनभर उत्तरचढाव भएको छ । बजार खुलेदेखि पौने घण्टासम्म ७ अंकले बढ्न गएको नेप्से परिसुचक त्यसपछिको १ घण्टमा ४७ अंकभन्दा बढीले ओरालो लागेको थियो ।

करिव २ बजेबाट उकालो लाग्न शुरु गरेको नेप्से परिसुचक बढेर अन्तमा ९ दशमलव २० अंकले घटेको छ । माओवादीले एमालेसँगको राजनीतिक समिकरण तोडेसँगै सेयर बजारमा त्यसको नकारात्मक प्रभाव परेको छ ।

बजारमा दिनभर नेप्से परिसुचकका साथै कारोवार रकम समेत ओरालो लागेको छ । सोमबारदेखि नै ओरालो लाग्न शुरु गरेको बजारले आज पनि त्यहि गतिलाई निरन्तरता दिएको छ । नेप्से परिसुचक ९ अंकले घट्दा १ अर्ब १३ करोड रुपैयाँको मात्र कारोवार भएको छ । यो अघिल्लो दिनको तुलनामा निकै कम हो । दिनभर कुल १ सय ३८ कम्पनीको १६ लाख ३९ हजार कित्ता सेयर मात्र कारोवार भएको छ ।

बजारमा उत्पादनमुलक र अन्य समुह वाहेक अरु सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुह ९७ अंकले ओरालो लागेको छ । त्यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ६ अंकले घट्न गएको छ । विकास बैंक समुह २७ अंकले घट्दा फाइनान्स समुह १४ अंकले ओरालो लागेको छ भने जलविद्युत समुह पनि ३४ अंकले घट्न गएको छ ।

मंगलबार जनता बैंकको सवैभन्दा बढी ९ करोड ६२ लाख रुपैयाँको सेयर कारोवार भएको भने एभरेष्ट बैंकको पनि ७ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको देखिन्छ । तर अन्य कम्पनीको भने ४ करोड रुपैयाँभन्दा तल नै करोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL