काठमाडौं । नाडा अटो शो २०२३’मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले रिवन काटेर उक्त शो को उद्घाटन गरेका हुन् ।
आजदेखि सुरु भएको अटो शो मा विभिन्न ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनी गरेका छन् । जसमधये १६ वटा ब्राड चार पाङ्ग्रेका, २२ वटा दुई पाङ्ग्रेका र ७ वटा लाइट कमर्शियल भेहिकलका छन् । यसतै अटो शोमा कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेटको स्टल पनि राखिएका छन् । शोको मुख्य प्रायोजकमा ‘टाटा मोटर्स जेनुइन आयल’ रहेको छ । साथै, सह–प्रायोजक भने शिखर इन्सुरेन्स कम्पनी छ ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिव १ सय २० वटा स्टलहरु छन् । उक्त शोमा ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको नाडाले जानकारी दिएको छ । ६ दिनसम्म चल्ने उक्त टो शो २०२३ मा करिव ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।
यस पटकको नाडा अटो शोमा विद्युतीय सवारीसाधन मुख्य आकर्षणमा परेका छन् । जसमा सेरेस र स्काइवेल ब्राण्ड नाडा अटो शो मार्फत पहिलो पटक बजारमा प्रबेश गरेका छन् । यस्तै नेटाले पहिलो पटक आफ्नो इलेक्ट्रीक रेन्ज नेपालमा देखाएको छ ।
दुई पाङ्ग्रेमा पनि बजाज, होन्डा, टीभीएस, रोयल इनफिल्ड जस्ता ब्राण्डले नयाँ उत्पादन प्रदर्शनी गरेका छन् ।
यसरी आजै मात्रै रोयल इनफिल्डको सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० सार्वजनिक सार्वजनिक गरिएको छ । यस्तै यसै शोमार्फत आजै आइरन मंकले जोन्टेस १२५ मोटरसाइकल सार्वजनिक गरेको छ ।
साथै आजै दुईपांग्रे सवारीसाधनमा टिभीएसको रोनिन, होन्डा डिओ (१२५ सीसी) पनि सार्वजनिक भएका छन् । यस्तै आज चारपांग्रे सवारीसाधनमा भने टाटाको टियागो इलेक्ट्रीक कार, टाटाकै ईन्धन गाडी पन्च, हुन्डाईको एक्स्टर, म्याक्ससको लक्जरियस इभी मिफा-९ पनि सार्वजनिक गरिएका छन् ।