Logo

अपडेट: माओवादीको समर्थन फिर्तासँगै सेयर बजारमा उच्च गिरावट, १ घण्टामै ५५ अंकले घट्यो

अपडेट: माओवादीको समर्थन फिर्तासँगै सेयर बजारमा उच्च गिरावट, १ घण्टामै ५५ अंकले घट्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सत्तासाझेदार माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णसँगै सेयर बजार उच्च रुपमा गिरावट आएको छ । माओवादीले समर्थन फिर्ता लिने निर्णय वाहिर ल्याएसँगै ओरालो लागेको नेप्से परिसुचक १ घण्टाकोबीचमा झण्डै ५५ अंकले ओरालो लागेको छ ।

मंगलबार बजार खुलेखिनै सेयर बजार सामान्य रुपमा उकालो लागेको थियो । तर माओवादीको सो निर्णयसँगै १२ बजेर ४५ मिनेट गएपछि ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक १ बजेर ४५ मिनेट जाँदासम्ममा ५५ अंकले ओरालो लागेको छ ।

१२ बजेर ४५ मिनेट जाँदा नेप्से परिसुचक १ हजार ७ सय ९ अंकमा थियो । तर अहिले ५५ अंकले घटेर १ हजार ६ सय ५६ अंकमा झरेको छ । सो अवधिमा अन्य वाहेक सवै समुहका परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्