Logo

स्थानीय तहको रकम निक्षेपमा गणना गर्दा सेयर बजारमा उत्साह, नेप्से ४४ अंकले बढ्दा साढे एक अर्बको कारोबार

स्थानीय तहको रकम निक्षेपमा गणना गर्दा सेयर बजारमा उत्साह, नेप्से ४४ अंकले बढ्दा साढे एक अर्बको कारोबार



काठमाडौं । सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने भएपछि सेयर बजारमा उत्साह देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा मापन नेप्से परिसूचक ४४.३० अंकले बढेर १९६८.९९ बिन्दुमा उक्लिएको छ । आईतबार पनि नेप्से १० अंकले बढेको थियो । यस अघीका दिनहरुमा भने नेप्से सूचक घटिरहेको थियो । आज नेप्से सूचक समग्रमा २.२८ प्रतिशतले बढेको हो ।

यसैगरी, सोमबार कारोबार रकम पनि साढे १ अर्बभन्दा माथि पुगेको छ । सोमबार २७८ वटा कम्पनीको ४७ लाख ४२ हजार ५ सय ११ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ ९७ रुपैयाँको कारोबार भएको छ ।

सोमबार कारोबारमा आएको चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कारोबारमा आएको ११२ कम्पनीको सेयर मूल्य बढेको छ । यता ११ कम्पनीको सेयर मूल्य केहि घटेको छ भने, बाँकी पाँच कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

अर्थमन्त्रालयले शुक्रबार राष्ट्र बैंकलाई स्थानीय तहको सञ्चिति कोषको रकम बैंकहरुलाई निक्षेपमा गणना गर्न दिन पत्र पठाएको थियो । स्थानीय तहको पैसा बजार आउँदा आगामी दिनमा ब्याजदर नबढ्ने र सहज रुपमा कर्जा पाइने भएपछि सेयर बजारतर्फ लगानीकर्ताको आर्कषण देखिएको हो ।

सोमबार कारोबारमा आएको १३ वटै उपसमुहको सेयर मूल्य बढेको छ । यसैगरी , आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कम्पनीको सेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्