Logo

कोकाकोला नेपालको टेलिभिजन क्याम्पेन सार्वजनिक, फ्यान्टा लेमन चाख्न उत्सुक बनाइने

कोकाकोला नेपालको टेलिभिजन क्याम्पेन सार्वजनिक, फ्यान्टा लेमन चाख्न उत्सुक बनाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोका कोला नेपालले पहिलो पटक टेलिभिजन क्याम्पेन सार्वजनिक गरेको छ । जसले थप उपभोक्ताहरुलाई फ्यान्टा लेमनको तीखो स्वाद चखाउन उत्सुक बनाउनेकम्पनीले जानकारी दिएको छ ।

उपभोक्ताहरुले पहिलो पटक फ्यान्टा लेमनको स्वाद चाखेको सुनिश्चित गर्नका लागि कोका कोला नेपालले यसअघि नै गत एक महिना ४२ हजार प्याकसहितको उत्पादनद्धारा नमूना लिएको थियो । त्यस्तै प्याकमा रु ६५ को मूल्यमा फ्यान्टाको ‘अन द गो’ ५०० एमएलको मज्जा समेत लिन सक्छन् ।

यो हाल नेपालभरका परम्परागत आउटलेटहरुका साथमा बिग मार्ट, सेल्सवेज् र मेगामार्टजस्ता आधुनिक रिटेल आउटलेटहरुमा उपलब्ध रहेको बताइएको छ ।
गत महिना, कोका कोला नेपालले लेमन स्वादको लोकप्रिय तथा निकै मनपराईएको फ्यान्टा ब्राण्डको फ्यान्टा लेमन पुनस् अनावरण गरेको घोषणा गरेको थियो ।

नयाँ अफरले उपभोक्ताहरुलाई लेमनी चट्काू को जोशीलो साथमा थप स्फूर्तिर विकल्प प्रदान गर्ने प्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्