Logo

आगामी आवदेखि नेप्से र सीडीएस निजीकरण हुँदै, धितोपत्र बजारको नियमन र अनुगमन प्रभावकारी बनाइने

आगामी आवदेखि नेप्से र सीडीएस निजीकरण हुँदै, धितोपत्र बजारको नियमन र अनुगमन प्रभावकारी बनाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङलाई निजीकरण गर्ने भएको छ । विगत केही समययता नेप्सेलाई निजीकरण गर्ने बताएपनि आगामी आवमा भने प्राथमिकतामै राखेर अघि बढाइने बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘नेप्से र सीडीएसलाई प्रभावकारी रुपमा कार्यान्वयमा ल्याउनका लागि पनि निजीकरणको खाँचो छ,’ आर्थिक वर्ष २०७३/७४ को कार्यक्रम सार्वजनिक गर्दै उनले भने, ‘आगामी आवमा बोर्डको मुख्य काम नै यी संस्थाको निजीकरण हुने छ ।’

हाल बजारमा रिटेल इन्भेष्टर मात्र भएका कारण बजार दैनिकजसो घटवढ भइरहेको हुँदा आगामी दिनमा त्यसलाई व्यवस्थापन गर्न संस्थागत लगानीकर्ता भित्र्याइने समेत बोर्डले जानकारी दिएको छ । ‘नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता संस्थागत लगानीकर्ता भित्र्याउन बोर्ड लागि परेको छ,’ गिरीले भने, ‘जसले गर्दा बजारमा स्थायीत्व कायम राख्न सहज हुनेछ ।’ यसैगरी जलविद्युत कक्पनीहरु ३० वर्षसम्म मात्र व्यक्ति वा संस्थाको नेतृत्वमा हुने र त्यसपछि स्वत सरकारी हुने भएकाले त्यसको लागि पनि छुट्टै व्यवस्था गर्न लागेको छ । साथै बोर्डले आगामी २ महिना भित्रै स्टक ब्रोकरको डिलर दिनेगरी काम अघि बढाएको समते गिरीले जानकारी दिए ।

कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आगामी दिनमा नेप्स तथा सीडीएसले आफ्नो क्षमता अनुसार काम गर्नुपर्ने बताए । ‘हाल नेप्से ८ वर्ष अघिकै सिस्टमा चलिरहेको छ अव यसरी अघि बढ्न सकिँदैन,’ उनले भने, ‘तत्काल यसको संरचनामा परिवर्तन गर्नु जरुरी छ ।’ साथै बोर्डले धितोपत्र कारोवारको नियमन र अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउने लागेको समेत जानकारी दिए ।

कार्यक्रममा नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले नयाँ कानुन नबनेसम्म इनसाइडर कारोवार नरोकिने बताए । ‘हाल कस्को कारणले सुचना चुहिएर बजार उत्तर चढाव भइरहेको छ थाहा छैन,’ उनले भने, ‘मौजुदा व्यवस्थाले छनाविन गर्न सकिँदैन यसका लागि छुट्टै कानून चाहिन्छ ।’

कार्यक्रममा बोल्ने वक्ताहरुले पूँजी बजारमा गैर आवासीय नेपाली नागरिकको लगानी भित्र्याउनु पर्ने बताए । साथै, बोर्डले नयाँ नियम बनाउँदा सवै बर्गका बैंक वित्तीय संस्थालाई एउटै बर्गमा राखेर हेरिनु पर्ने विकास बैंकर संघका अध्यक्ष कृष्णराज लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्