Logo

नाडा अटो शो मा फोर्स अरबानीया लन्च हुँदै, यस्ता छन् विशेषता, अग्रिम बुकिङ गरे बिशेष छुट

नाडा अटो शो मा फोर्स अरबानीया लन्च हुँदै, यस्ता छन् विशेषता, अग्रिम बुकिङ गरे बिशेष छुट



काठमाडौं । नाडा अटो शो मा फोर्स मोटर्सको रबानीया माइक्रोबसको अनावरण हुने भएको छ । नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले उक्त माइक्रो बसको अनावरण तथा बुकिङ खुल्ला गरि बिक्री वितरण सुरु गर्ने भएको हो ।

उक्त बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको कम्पनीले जानकारी दिएको छ । कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको उक्त बस विषेशतः पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु ,कुटनीतीक निकायहरु,सरकारी तथा गैर सरकारी संस्थाहरुका लागी यो माइक्रोबस उपयूक्त हुने देखिन्छ । यो माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

अरबानीया सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङहरुमा अब्बल मानियको छ । ड्युल एअर ब्याग यूक्त उक्त गाडी मा एरोडाइनामीक क््रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन ,स्टाइलीस डि आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए÷सी सीस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ ,हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ पोर्टको ब्यबस्था भएको,सेन्ट्रलडोर लकीङ वीथ रिमोट किलेस इन्ट्री , हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसीबल स्टेरीङ कोलुम आदी जस्ता अत्याधुनीक बिषेशताहरु यस बसमा रहेको छ साथै लेटेस्ट जेनेरेशनको एबीएस तथा इएसपीजस्ता अन्य आधुनिक शुरक्षा प्रणाली समेत जडान भएको छ ।

आकर्षक र सुबिधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछी पुन यात्राका लागी रोजाइमा पर्ने कम्पनीको भनाई रहेको छ । स्लाइडीङ डोर सहितको तिन ढोका यूक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसमा अति आरामदायी रिक्लाइनिङ सिटहरु रहेको छ । सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागी फ्रन्ट बम्पर डिजाइन , कुनै दुर्घटना भैहालेमा पनी हेड इन्जुरी कम होस भन्नका लागी त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरीएको छ । यस गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ ।

यस बसको सुरुवाती मुल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्