Logo

झिटी गुण्टा सम्बन्धी कानूनमा रत्न तथा आभुषण महासंघको आपत्ति, रोजगारी गुम्ने खतरा

झिटी गुण्टा सम्बन्धी कानूनमा रत्न तथा आभुषण महासंघको आपत्ति, रोजगारी गुम्ने खतरा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले झिटी गुन्टा अन्र्तगत आयात हुने सुन र सुनबाट निर्मित गहनाको सम्बन्धमा परिवर्तन गर्न लागेको प्रावधानबारे सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारद्वारा आगामी आर्थिक बर्ष देखि लागू हुने गरी ल्याउन लागेको झिटी गुन्टा आवश्यक परिमार्जनका लागि आग्रह समेत गरेको छ ।

महासंघले . कच्चा पदार्थको रुपमा प्रयोग हुने सुनको प्रवेश माथि बन्देज लगाउनु तर तयारी बस्तुलाई भने प्रवेश दिइनुले त्यसमा गरिने लगानीबाट मुलुकको अर्थतन्त्रमा पुग्न सक्ने योगदान पूर्णतः शून्य हुने बताएको छ । साथै बजारमा तयारी गहनाको आपूर्ति बढ्ने गरी रोजगारीका अवसरहरुमा समेत प्रत्यक्ष संवmुचन आउने महासंघको आरोप छ छ ।

महासंघले नयाँ प्रावधानको बजारमा अन्य माध्यमबाट प्रवेश गर्ने कच्चा सुनको मात्रा घट्न गई वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको कारोबार बढ्ने अनुमान गरिए पनि यो तर्वmको बिषय मात्रै भएको दावी गरेको छ ।

साथै सुन विक्री वितरणमा शिथिलता आउनुमा थुप्रै कारण भएको महासंघको तर्क छ । ‘ती कारणहरुको पूर्ण पहिचान र निदान नभएसम्म यो समस्या समाधान हुन सक्ने संभावना देखिदैन,’ महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘वाणिज्य बैंकले आपूर्ति गर्ने सुनको विक्री वितरणमा शिथिलता आउनुमा १ किलोको बारमा मात्रै आयात एवं विक्री वितरण हुनु र राजधानी केन्द्रित वितरण प्रणालीले गर्दा साना तथा राजधानी बाहिरका गहना व्यवसायीको पहूँच नपुग्नु हो ।’

त्यस्तै . विक्री वितरण प्रक्रिया झण्झटिलो र अव्यावहारिक हुनुका साथै आयातकर्ताले आपूर्ति गर्ने वस्तुको गुणस्तर, तौल, मूल्य आदि बारे नियामक निकायबाट नियमन तथा अनुगमनको अभाव रहेको छ । बैंक पिच्छे फरक–फरक भाउ हुनाले पनि विक्री वितरणमा शिथिलता आएको महासंघको दावी छ ।
.
महासंघले आगामी आवदेखि लागू हुन लागेको झिटी गुन्टा सम्बन्धी प्रावधान अन्तर्गत तयारी सानो परिमाणमा प्रवेश दिने व्यवस्था गरिए व्यावहारिक हुने भन्दै सोही अनुरुप परिमार्जन गर्न आग्रह गरेको छ । गहनामा दिइने छुटको दुरुपयोग हुन नदिने र कच्चा सुनमा जतिसुवैm परिमाणमा पनि प्रचलित नियमानुसार भंसार शुल्क लिने गरी छुट दिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्