Logo

घर जग्गा मेला कार्तिक २५ देखि, निर्माणसंग सम्बन्धित वस्तु तथा सेवा प्रदर्शनी गरिने

घर जग्गा मेला कार्तिक २५ देखि, निर्माणसंग सम्बन्धित वस्तु तथा सेवा प्रदर्शनी गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस बर्षको घरजग्गा मेला कार्तिक २५ देखि हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।

मेला २८ गते सम्म सञ्चालन हुने बताइएको छ । आयोजकले हरेक बर्ष यसप्रकारको मेला आयोजना गर्दै आएको छ ।

मेलामा नेपालभरका घरजग्गा ब्यवसायसंग सम्बन्धित परियोजना, सो सम्बन्धी प्राविधिक गोष्ठी एवं प्रस्तुतिकरणका साथै भवन निर्माणसंग सम्बन्धित अन्य वस्तु तथा सेवाको प्रदर्शनी हुने छ ।

प्रतिक्रिया दिनुहोस्